Logo माघ १५, २०७७ बिहीबार


भ्वाइस अफ नेपाल सिजन ३ मा आस्था राउतको ठाउँमा तृष्णा गुरुङ

काठमाडौं । सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ३ मा कोच हेरफेर भएको छ ।

पहिलो सिजनदेखि नै एकजना महिला कोचको व्यवस्था गरिदै आएको भ्वाइस अफ नेपालमा यसपटक पनि महिला कोच नै फेरिएको छ । सिजन वानमा अभया सुब्बा महिला कोच रहेकी थिइन् । तर सिजन टुमा उनलाई गायिका आस्था राउतले रिप्लेस गरेकी थिइन् । अहिले तेस्रो सिजनमा आस्थाको ठाउँमा अर्की गायिका तृष्णा गुरुङले कोचको जिम्मेवारी पाएकी छिन् ।

पहिलो सिजनकी अभयाले आफूलाई आयोजकले जबर्जस्ती हटाएको गुनासो गरेकी थिइन् । तर यसपटक आस्था आफैंले आफ्नो व्यस्तताका कारण शो छोड्नुपरेको केही समय अघि नै जानकारी गराएकी थिइन् ।

सिजन ३ मा महिला कोचको जिम्मेवारी पाएकी गायिका तृष्णा युवा पुस्ता माझ पपुलर छिन् । उनी गीतकार तथा संगीतकार समेत हुन् । उनको खै निमो,गाइने दाजै लगायतका गीतहरु दर्शक श्रोताले रुचाएका छन् ।

तृष्णासँगै सिजन टुका कोचहरु दीप श्रेष्ठ,प्रमोद खरेल र राजु लामा पनि  यस पटक यथावत रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

काठमाडौं । बुधवार जनतासमाचार डट्कम मा ४ सय ५० नेपाली विदेशका जेलमा, २५ लाई मृत्युदण्ड, पछिल्लो २४ घण्टामा २ सय…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।