प्रतिगमनकाे निर्णय विरुद्ध कार्टुन प्रदर्शन, प्रधानमन्त्री ओली ‘नम्बर वान जोकर’ (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध राजधानीमा कार्टुन प्रदर्शन गरिएकाे छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को संयोजनमा विभिन्न चित्रकारका कार्टुन चित्र प्रदर्शन गरिएकाे हाे ।
बुधबार दिउँसो प्रज्ञाप्रतिष्ठानको डबलीमा भएको प्रदर्शनमा दुई दर्जन बढी कार्टुन चित्रहरु प्रदर्शन गरिएको थियो । कार्टुनमा निर्मला हत्या प्रकरणदेखि बालुवाटार जग्गा प्रकरणलगायतका ओली सरकारका कमजोरीहरु प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा सहभागि कलाकारहरुले प्रधानमन्त्री ओलीले संविधानविपरित प्रतिनिधि सभा विघटन गरेर आफैँ जोकर बनेको भन्दै व्यङ्ग्य गरेका थिए ।
तस्बिर: हनिशराज पन्त/जनतासमाचार