प्रतिनिधिसभा विघटन गर्न संविधानले दिदैन : संविधानविद्

काठमाडौं । संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले वर्तमान संविधान अनुसार प्रतिनिधिसभा विघट्नको निर्णय असंवैधानिक रहेको बताउनुभएको छ ।
बुधबार रिट निवेदकको तर्फबाट प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक ईजलासमा बहस गर्नुभएका संविधानविद् ज्ञवालीले वर्तमान संविधान हेर्दा हालको अवस्थामा कतैबाट पनि प्रतिनिधिसभा विघट्न गर्न नमिल्ने जिकिर गर्नुभएको छ ।
रेडियो जनताको कार्यक्रम कानूनमा के छमा कुरा गर्दै उहाँले अदालतले यो विषयलाई चाँडै पूर्ण ईजलासमा लैजाने र प्रतिनिधीसभा पुर्नस्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । तर अदालतले प्रतिनिधिसभा विघट्नको विषयलाई सदर गरे त्यो फैसलाको सबैले स्वीकार गरी निर्वाचनमा जान तयार हुनुपर्ने उहाँको भनाई छ ।