Logo माघ ६, २०७७ मंगलबार


ओलीलाई अन्तरिम विधानअनुसार कारबाही गरिएको हो, आधिकारिकता दाबी आवश्यक छैन : नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अनुसूचीअनुसार सुधार, आधिकारिकता दाबी आवश्यक नरहेको बताएको छ ।

निर्वाचन आयोगलाई बुधवार बुझाएको पत्रमा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तरिम विधानअनुसार कारबाही गरिएकाले अनुसूचीअनुसार सुधार, आधिकारिकता दाबी आवश्यक नरहेको बताएको हो ।

केही दिनअघि आयोगले विभाजित दुवै समूह, पुष्पकमल दाहाल –माधवकुमार नेपाल र केपी ओली समूहलाई पत्र लेखेर प्रक्रिया नपुगेकाले सुधार गर्न भनेको थियो ।

आयोगमा बुधवार बुझाइएको पत्रमा नेकपाले आधिकारिकता दाबी गर्नुनपर्ने, विधानअनुसार अनुशासनको कारबाही गरेर अध्यक्ष मात्रै परिवर्तन गरेको बताएको हो ।

दाहाल–नेपाल पक्षका तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, राष्ट्रियसभा सदस्य रामनारायण बिडारी, मुक्ति प्रधानसहितको समूहले निर्वाचन आयोग पुगेर पार्टीको पत्र बुझाएका थिए ।

दाहाल र ओली समूहले पठाएको पत्र अलि नमिलेको भन्दै दुवैलाई सुधार गरेर ल्याउन भनेको बताउदै प्रधानले त्यो सुधार गर्न जरुरी नभएको पत्र बुझाइएको बताउनुभयो । केपी ओलीको ठाउँमा माधवकुमार नेपाललाई चयन गरिएको र उक्त निर्णय विधानको धारा ६० अनुसार रहेको पत्रमा उल्लेख छ । प्रधानले आफूहरु बहुमतमा रहेको कुरा आयोगलाई बुझाइएको पत्रमा पुनः उल्लेख गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।