Logo माघ ६, २०७७ मंगलबार


इन्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान, साहित्यिक पुरस्कार थपियो

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) ले पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान गरेको छ ।

इञ्जाले इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि नेपाली पत्रकारहरुवाट निवेदन आह्वान गरेको हो । यसैगरी यसपटकदेखि इञ्जाले उत्कृष्ट साहित्यिक पुरस्कार पनि दिने भएको छ । यसका लागि सिफारिस गर्न इञ्जाले पाठकहरुलाई आह्वान गरेको छ । सबै पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ ।

पत्रकारिता सम्वद्ध दुवै पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले सन् २०२० मा प्रकाशित वा प्रसारित आफ्नो समाचारको कपि वा लिंक समेत निवेदन साथ जनवरी ३० भित्र पेश गर्नुपर्ने इञ्जाले जनाएको छ ।

पत्रकारहरुवाट प्राप्त निवेदनहरुलाई इञ्जाद्वारा गठिन निर्णायक समितिले अध्ययन गरी फेब्रुअरी १५ मा पुरस्कार प्राप्त गर्ने पत्रकार तथा समाचार माध्यमको नाम सार्वजनिक गरिनेछ । इञ्जाले मार्च १ मा आफ्नो स्थापना दिवसको उपलक्ष्यमा आयोजना गर्दै आएको इञ्जा डे को अवसरमा काठमाडौंमा एक समारोह आयोजना गरी पुरस्कार हस्तान्तरण गरिने इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।

पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले आफूलाई उत्कृष्ट लागेका तीनवटा समाचारहरुलाई प्रतिस्पर्धाका लागि समावेश गर्न सक्ने प्रावधान इञ्जाले वनाएको छ । गतवर्ष इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयवावु सिवाकोटी र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्ड अछामकी मेनुका ढुंगाना र वाजुराका प्रकाश सिंहले प्राप्त गर्नुभएको थियो ।

इञ्जाले यो वर्षको उत्कृष्ट साहित्यिक पुरस्कार पनि इञ्जा डेको अवसरमा नै हस्तान्तरण गर्ने भएको छ । उत्कृष्ट साहित्यिक पुरस्कार सन् २०२० प्रकाशित उत्कृष्ट नेपाली साहित्यिक कृतिका सर्जकलाई प्रदान गर्ने इञ्जाले जनाएको छ ।

यो पुरस्कारका लागि सर्जकबाट आवेदन नलिइ पाठकहरुलाई आफूलाई उत्कृष्ट लागेको कृति सिफारिस गर्न इञ्जाले पाठकहरुलाई आग्रह गरेको छ ।

पाठकहरुले सिफारिस गरेका उत्कृष्ट दश कृतिहरुलाई इञ्जाद्वारा गठित निर्णायक समितिले अध्ययन गरी एक कृतिका सर्जकलाई सो पुरस्कार प्रदान गरिने इञ्जा अध्यक्ष लुइटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।