Logo माघ ६, २०७७ मंगलबार


इन्डोनेसियामा ४५ हजार वर्ष पुरानो भित्तेचित्र भेटियो

एजेन्सी । इन्डोनेसियाको एक गुफामा ४५ हजार पाँच सय वर्ष पुरानो भित्तेचित्र भेटिएको छ । गुफामा भित्तामा कोरिएको ५३ इन्च चौडाइ र २१ इन्च लम्बाइ भएको जंगली सुँगुरको चित्र भेटिएको हो ।

गाढा रातो गेरु रङ्ग प्रयोग गरी कोरिएको चित्र सुलावेसी द्वीपको एउटा दुर्गम उपत्यका रहेको लिएङ टेडोङ्गे गुफामा भेटिएको हो।पुरातत्त्वविद्हरूले खोज अनुसन्धानका क्रममा चित्र फेला पारेको बीबीसीले जनाएको छ ।

गुफामा भेटिएको चित्रमाथि चुन जमेको देखेपछि यूरेनीअम–सिरिज आइसटोप विधि प्रयोग गरेर चुन कति अघि जमेको थियो पत्ता लगाइयो र चित्र ४५ हजार पाँच सय वर्ष पुरानो भएको पत्ता लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।