Logo माघ ६, २०७७ मंगलबार


राेजगारविहीनलाई माघे संक्रान्तिकाे परिकार

काठमाडाैं । रोजगारविहीन भएर सडकमा भौतारिईरहेका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा खानेकुरा वितरण गरेको छ । बिहीबार थापाथलीमा रोजगारीविहीन भई भौतारिइरहेका व्यक्तिहरुलाई माघे सक्रान्तिको अवसरमा हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको हो ।

दर्जनौँको संख्यामा उपस्थित व्यक्तिहरुलाई सेलरोटी, चाकु, तरुल, खिचडी, घिउ लगायतको खानेकुरा खुवाईएको थियो । हुनेखानेले मात्रै होईन, नहुनेका लागि पनि चाड मनाउनको निम्ति रोजगारी गुमेकाहरुलाई माघे संक्रान्तिको अवसरमा सकेको सहयोग गरेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।

रोजगारी नपाएको तथा दैनिक जिवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै आफूहरु हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको ठाउँमा आएको रविन्द्र दाहालको भनाई छ । सरकारले रोजगारविहीन नागरिकलाई हेरचाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

हाम्रो टिम नेपालले बेलाबेलामा रोजगारविहीन व्यक्तिहरुलाई यसरी खानेकुरा वितरण गर्दै आएको छ । आगामी दिनमा पनि विभिन्न चाडपर्वको अवसरमा यसरी नै खानेकुरा वितरण गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।