Logo माघ ६, २०७७ मंगलबार


यसरी बनाउनुस घरमै स्वादिष्ट चाकु, यस्ता छन् फाइदा

काठमाडाैं । नेपालीको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि एक महत्वपूर्ण पर्व हो । माघे संक्रान्तिलाई तराईमा माघि पनि भनिन्छ भने यसलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ । माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डु, भुजाको लड्डु, मासको फुरौला, तरुल, पिडालु लगायतका खानेकुरा बनाएर खाने गरिन्छ । विशेष गरेर काठमाडौंमा माघे संक्रान्तिमा चाकुकाे महत्व बढी हुने गरेको पाइन्छ ।

यस सयममा चाकु धेरै बिक्री हुने खानेकुरा अन्तर्गत पनि पर्छ । राजधानीका केही मानिसहरुले वर्षौँदेखि चाकु बनाउने र बिक्री गर्ने व्यवसाय नै गर्दै आएको पाइन्छ । आजभोलि मानिसले खानेकुराहरु सामाजिक सञ्जाल हेरेर आफैँ बनाउने पनि गर्छन् । त्यसैले आज हामीले यहाँ घरमै सजिलो तरिकाले चाकु बनाउने उपाय उल्लेख गरेका छौँ ।

–चाकु बनाउन आवश्यक सामाग्री
१.सख्खर
२.पानी
३.नरिवल
४.बदाम
५.काजु
६.किसमिस

–चाकु बनाउने तरिका
१.आवश्यकता अनुसार सख्खर किनेर ल्याउने

२.ग्यामा सम्भव नहुने हुँदा सकेसम्म दाउराको आगो प्रयोग गर्नुपर्छ । आगोमा ठूलो कराई बसाएर त्यसमा थोरै पानी र आवश्यकता अनुसार सख्खर राखेर पकाउने

३.सख्खरलाई बाक्लो नभएसम्म चलाइरहने

४.त्यसपछि आगोबाट निकालेर तातो बाक्लो भएको सख्खरलाई सेलाउन छोड्ने

५.सेलाएको सख्खरलाई मजाले मुछ्ने

६.मुछिसकेपछि त्यसलाई आफूलाई मन पर्ने आकार ९गोलो, लाम्चो, चेप्टो ० बनाएर ४, ५ घण्टा सुकाउने

६.सुकाउन राखेको चाकुमाथि नरिवलका सानासाना टुक्रा, बदाम, किसमिस, काजु लगायत आफ्नो स्वाद अनुसारका चाकुलाई सुहाउने खानेकुरा राख्न सकिन्छ ।

–चाकु खानुका फाइदा

१.चाकुले गर्मी गराउँछ भन्ने मान्यता छ । त्यसैले माघमा बढी चिसो हुने हुँदा यसबाट बच्न पनि चाकु खाने गरिन्छ । चाकुले चिसो हटाउनुका साथै चिसोबाट उत्पन्न हुने स्वास्थ्य समस्याबाट पनि बचाउने बताइन्छ ।

२.चाकुको प्रयोग नियमित रुपले गर्नाले धेरै प्रकारका रोगहरु हुनबाट बच्न सकिन्छ । यसमा प्रोटीनका साथ–साथै डाइटरी फाइबर र भिटामिन बी, भिटामिन सी पनि पर्याप्त मात्रामा हुन्छ ।

३.रुघा–खोकि लाग्दा चाकुको सेवन अमृत समान हुन्छ । चाकुमा तातोपन हुने भएकाले रुघा–खोकि र विशेष गरेर कफको समस्यामा राहत प्रदान गर्छ ।

४.जाडोयाममा प्राय जोर्नी दुख्ने समस्या देखिन्छ । यस्तो समस्यामा चाकु र एक टुक्रा अदुवा खानाले जोर्नीको दुखाईमा आराम प्राप्त हुन्छ ।

५.चाकूलाई अदुवासँग तताएर मन तातो भएपछि सेवन गर्नाले घाँटि खस्खसाउने र स्वर बसेको पनि ठिक हुन्छ ।

६.चाकु गुलियो हुने भएपनि यसमा कोलेस्ट्रोल हुँदैन भने यसमा फ्याटको स्तर पनि अत्यन्त कम हुन्छ । जसले गर्दा मधुमेहका बिरामीले पनि चाकु सेवन गर्न सक्छन् ।

७.चाकुले पेटमा हुने ग्यास र पाचन प्रक्रियासँग सम्बन्धित समस्या समाधान गर्न मद्यत गर्छ ।

८.चाकु खानाले पिम्पलको समस्या हुँदैन र छाला चम्किलो पनि हुन्छ ।

९.चाकुले रगतमा भएका हानिकारक टक्सिनलाई बाहिर निकाल्ने हुँदा छालालाई सफा राख्न सहयोग गर्छ ।

१०.नियमित चाकु सेवनले शरीरमा रक्तसञ्चार पनि राम्रो बन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।