Logo माघ १३, २०७७ मंगलबार


अहिलेसम्मकै सबैभन्दा ठूलाे आइपीओ शुक्रवारदेखि खुल्दै

काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ माघ २ गतेदेखि खुल्ने भएको छ । अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको खुल्ने भएको हो।

बैंकले भोलि शुक्रवारदेखि कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले ८ करोड कित्ता शेयर निश्कासन गर्न लागेको हो ।

जसमध्ये कुल शेयरको ० दशमलव २ प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। म्युचुअल फण्डका लागि ० दशमलव ५ प्रतिशत अर्थात ४ लाख कित्ता शेयर छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई तोकिएको छ। । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।