Logo माघ ११, २०७७ आइतबार


कमलपाेखरीकाे ऐतिहासिकता जोगाउन महानगर गम्भीर

काठमाडौं । कमल पोखरी पुनर्निर्माणमा कृतिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमल पोखरीको संरचना बनाउन लागेको बताएको छ ।

कमलपोखरीको पुनर्निर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको । तर काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफल अनुरुपको पूर्व निर्धारित डिजाइनले नै निर्माणकार्य अघि बढाइरहेको भन्दै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भीर भएको बताएको हो ।

कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पूजा गरिदै आएको छ । छठ पूजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमती अनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताउनुभयो । खाली जमिन तथा पैदल हिड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उहाँको भनाइ छ ।

पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने उहाँले बताउनुभयो । पानीलाई जमेर बस्न नदिनेगरी पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाईने उपाध्यक्ष बस्नेतले बताउनुभयो ।

ढुंगा, सिमेन्ट प्रयोगको विषय चिन्ताको विषय नभएको पनि उपाध्यक्ष बस्नेतले बताउनुभयो । करिब ७ करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुन लागेको जानकारी दिदैँ उहाँले आगामी बैशाखसम्ममा सर्वसाधारणको लागि खुल्ला गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म भइका संघर्षका समिक्षा, भावि रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत…

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…