‘भ्रष्टचारको मूल जरो श्रीमती !’ (भिडियोसहित)

काठमाडौं । नेपाली कमेडियनहरुले भ्रष्टचार र भ्रष्टचारी प्रवृत्ति माथि व्यङ्ग्य गरेका छन् । जनता टेलिभिजनमा प्रत्येक बुधबार प्रसारण हुने ‘नेपाली कमेडि शो’ काे नयाँ श्रृङ्खलामा हाँस्य कलाकालहरुले भ्रष्टचार प्रवृत्ति माथि व्यङ्ग्य गरेका हुन् ।
हाँस्य कलाकारको क्षेत्रमा सबैभन्दा कान्छी कलाकार भनेर चिनिएकी श्वेसा खनालले बूढो बाजो बनेर भ्रष्टाचार माथि व्यङ्ग्य गरेकी छन् । उनले प्रत्येक घरमा एक जना भ्रष्टाचारी हुने हो भने सबै नेपाली धनी हुने र नेपाली धनी भएपछि देश नै धनी हुने भन्दै व्यङ्ग्य गरिन् । श्वेसाले भ्रष्टाचारी प्रवृत्तिका नेतालाई पनि कडा जवाफ दिएकी छन् । केही नेताले भ्रष्टाचारीको अनुहार नै हेर्दिन भन्ने अनि आफ्नै घरमा भित्ता भरिको ऐना राख्ने ? भन्दै भ्रष्टाचारी नेताको पनि व्यङ्ग्य गरिन ।
त्यसैगरी अर्का हाँस्य कलाकार सुन्दर सनालले भ्रष्टचारको मूल जरो श्रीमती भएकाले आफूले विवाह पनि नगरेको र भ्रष्टचार पनि नगरेको भन्दै दर्शकलाई हँसाए ।
नेपाली कमेडि शो टिमका अर्का कलाकार दीपेन्द्र प्रसाइँ आफू सरकारी कर्मचारी बनेर सरकारी कर्मचारीको भ्रष्टचार प्रवृत्ति माथि व्यङ्ग्य गरेका छन् । उनले आफूले एक रुपैयाँ भ्रष्टाचार नगरेको बताउँदै एक रुपैयाँ भन्दा बढी भएमा कुरा बेग्लै भयो भनेर कर्मचारी माथि व्यङ्ग्य गरेका छन् ।
भिडियाे: