Logo माघ ६, २०७७ मंगलबार


मर्न थाले सुन्तलाका बोट, वैकल्पिक खेतीमा किसान

भगीरथ भण्डारी
इलाम । इलाम नगरपालिका पाँच मान्द्रेनीका किसान सामवेद चापागाईं आफ्नो बारीमा भएको सुन्तलामा रोग देखा परेकाले वैकल्पिक खेती थालेका छन् । सुन्तलाबाट अपेक्षा अनुसार आम्दानी नभएपछि उनले अलैँची, अदुवा जस्ता अन्य खेती लगाउन थालेका हुन् ।

बोट सुक्दै जाने अनि खोतल्दा जरा नै सुकेको अवस्थामा फेला पर्ने गरेको चापागाईंको भनाइ छ । सरकारी क्षेत्रमा गुहार्दा समेत चासो नदिएपछि वैकल्पिक खेती तर्फ लागेको चापागाईंको गुनासो छ । सुरुवाती समयदेखि नै प्राङ्गारिक खेती गर्दै आएका चापागाईंले अघिल्लो वर्ष कृषि क्षेत्रीय निर्देशनालय धनकुटाको विज्ञको समूहसँग परामर्शपछि रोग हटाउन रासायनिक मल प्रयोग गर्न थालेको बताउनुभयो ।

जिल्लाको कृषि क्षेत्र हेर्ने ज्ञान केन्द्रले ढुसी भन्दै माटो परीक्षण नगरिदिँदा रोग फैलँदो क्रममा रहेको उनको गुनासो छ । इलाम नगरपालिका–८ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेतीको तयारीमा रहेका छन् ।

बर्खाको समयपछि सुन्तलामा क्रमिक रूपमा रोग देखा पर्न थालेपछि उनी अर्को खेतिको विकल्पमा पुगेका हुन् । यस वर्षको सुन्तलामा रोग लागेका कारण उत्पादन खच्किएको छ । ६ सय भन्दा बढी सुन्तलाका बोट लगाएका महतको अहिले चार सय बोट सुन्तलाबाट मात्रै आम्दानी भइरहेको छ । ती पनि अघिल्लो वर्षको तुलनामा धेरै कम भएको बताउँछन् ।

माइजोगमाई गाउँपालिका नामसालिङ्का किसान एवं सुन्तला व्यवसायी पदम राई विगत दश वर्षदेखि सुन्तलामा रोग देखा परेपनि कुनै क्षेत्रबाट चासो नदिँदा सुन्तला सखाप हुँदै गएको बताउँछन् । वर्षेनी रोगले सुन्तलाको उत्पादन २० प्रतिशतले घट्दै छ । राईले भने, ‘रोगबाट बचाउनका लागि घरायासी उपचार गर्दा समेत कम भएको छैन । जरा खनेर चुना लगाउने, विभिन्न कीरा मार्ने भिटामिन लगाउने गर्दा पनि रोग जाति हुँदैन ।

गत वर्ष राईले २२ देखि २५ लाखको सुन्तला कारोबार गरेकामा यस वर्ष घटेर १० देखि १२ लाखको हाराहारीमा मात्र रहेको छ । सुन्तला खेतीको पकेट क्षेत्र जिल्लाको रोङ्ग गाउँपालिकाको सलकपुर र जिर्मलेका दुई सय भन्दाबढी सुन्तलाका बगान रोगका कारण सखाप भएका हुन् ।

यस गाउँमा सुन्तलाका दुई सय ५० भन्दा बढी बगान भएपनि अहिले २० को हाराहारीमा मात्र बगान रहेका छन । दुई सय ३० बगान भने रोगका कारण सबै सखाप भएको किसानको भनाइ छ ।

यता कृषि ज्ञान केन्द्रले भने जिल्लाको सबै क्षेत्रमा पात पहेँलिने रोग देखा परेको बताएको छ । शुरुवाती वर्षमा जिल्लाको नामसालिङ, सलकपुर र महभीर क्षेत्रमा बढी देखिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यी रोगको उपचार पद्धति हालसम्म कसैलाई पनि थाहा छैन । रोगको नामाकरण समेत नभएकाले केन्द्र समेत अनभिज्ञ रहेको छ । तर पुरानो सुन्तलाको बोट हटाएर नयाँ बोट लाउन सके
रोग कम हुन सक्ने अनुमान केन्द्रको छ । सम्बन्धित क्षेत्रको माटो परीक्षण गरेर सुन्तलाका लागि आवश्यक भिटामिनयुक्त क्षेत्रमा खेती गर्न किसानलाई आह्रवान गरेको कृषि ज्ञान केन्द्रका अधिकृत रुजन खड्काले बताए ।

सुन्तलामा विभिन्न भाइरसको आक्रमणले रोग देखापर्ने भएकाले हाँगा, जरामा राम्ररी गोडमेल गर्नुपर्ने, माटोका अम्लियपना चेक गर्नुपर्ने खड्काको भनाई छ । कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बोट बुढो हुँदै जाँदा जरा कमजोर हुँदै जाने र त्यसैले नयाँ नयाँ विरुवा लगाउँदै जानुपर्ने बताए । उनका अनुसार मलखाद प्रविधिमा पनि विशेष ध्यान दिनु पर्छ । यस्ता प्रावधान पर्याउन सकेमा रोग केही कम हुन सक्छ ।

जिल्लाका अधिकांश सुन्तला किसानको बगानमा रोगका कारण बगाननै सखाप बन्दै छ । सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्यौलमा परेका छन् । रोग देखापरेपछि उपचार विधि पत्ता नलाग्दा कतिपय किसानले वैकल्पिक खेती थालेका छन् । विगतका वर्षदेखि नै रोगले आक्रमण गरेपनि यस वर्ष भने रोगले उत्पादन आधा घटाएको छ । फल लाग्ने बेलामा रुख नै पहँेलो हुने, फल पाक्ने समय नभई पहेँलो हुने समस्याले सुन्तला बढी ग्रस्त भएको छ ।

पात कुइने रोगसँगै केही किसानको बगानमा जरा कुइने रोगले समेत सुन्तलालाई गाँजेको छ । एउटा रोगको चपेटामा परेको सुन्तलालाई बचाउन हम्मे हम्मे परेका बेला अर्को रोग थपिँदा किसान सुन्तला खेतीको विकल्पमा खोज्न पुगेका छन । केन्द्रका अनुसार जिल्लाका इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिकामा सुन्तलाको व्यवसायिक खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।