पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना, २४६ संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप चार सय तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ३२ जनाको पीसीआर परीक्षणमा चार सय तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या दुई लाख ६६ हजार पाँच सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार सय पाँच जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।
बिहीबार कोरोना संक्रमणबाट देशभर ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ४३ पुगेको छ ।