थप ६ जना संक्रमितको मृत्यु, मृतक १९४३ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ३२ जनाको पीसीआर परीक्षणमा चार सय तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या दुई लाख ६६ हजार पाँच सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा चार सय पाँच जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।