माघ १० गते नेपाल बन्द

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले माघ १० गते नेपाल बन्दको आह्वान गरेको छ । आफ्ना केन्द्रीय नेता पक्राउ गरेको विरोधमा चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको हो ।
प्रहरीले पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई बुधबार सिन्धुपाल्चोक र ललितपुरको सिमानाबाट पक्राउ गरेको थियो । उनीसहित अन्य तीन जनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै माघ ३ गतेदेखि १० गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।