Logo माघ १३, २०७७ मंगलबार


युवा गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरीको देउडा शैलीको गीत ‘पियारी’ सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्युव च्यानलबाट बिहीबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जोसेफ आफैले लेखेका शब्दमा कोशिष क्षेत्रीले संगीत भरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन रहेको गीत ‘पियारी’ प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गरिबीले थिचिएपछि केही विकल्प नभेटेर धन कमाउन विदेश गएको एक परदेशीले आफ्नी धर्मपत्नीलाई सम्झाइरहेको कथाबस्तु गीतमा भेटिन्छ ।

दिवंगत अभिनेता श्रृकृष्ण श्रेष्ठको क्यारिकेचर गरेर एकाएक चर्चामा आएका कलाकार प्रकाश चन्द, सरस्वती फुयाँल, रत्न डंगोल, रामहरी थापा र रञ्जित मगरको भिडियोमा अभिनय हेर्न सकिन्छ ।

चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।