रहेनन् कांग्रेस अछामका नेता देवकोटा

काठमाडाैं । नेपाली कांग्रेस अछामका नेता धर्मराज देवकोटाको निधन भएको छ । नेता देवकाेटाकाे उपचारकाे क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएकाे हाे ।
उपचारका लागि काठमाडौं जान लागेका नेता देवकोटा नेपालगन्ज विमानस्थलमा बेहोस भएपछि नेपालगन्ज मेडिकल कलेजको कोहलपुर स्थित शिक्षण अस्पताल लगिएको थियो । कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस अछामले जानकारी दिएकाे छ ।
नेपाली कांग्रेस अछामका नेता देवकोटाको बिहीवार टिकापुर स्थित कर्णाली नदीको सनकट्टी घाटमा अन्त्येष्टि गरिएको छ ।
उनको जन्म २०२० साल असार २१ गते अछामको विनायकमा भएको थियो । २०३६ सालको जनमत संग्रहमा सहभागी भएर नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी २०५४ सालमा साविकको विनायक गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनका आमा , चार छोरा, तीन छोरी र श्रीमती छन् ।
नेता देवकोटाको निधनमा नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले गहिराे शोक व्यक्त गरेका छन् ।