Logo माघ १३, २०७७ मंगलबार


दाङबाट हराएको मोटरसाइकल कपिलवस्तुमा भेटियाे

सनिउल्ला धोबी
कपिलवस्तु । दाङको घोराहीबाट हराएको मोटरसाइकल कपिलवस्तुमा फेला परेको छ । दाङ घोराही उप महानगरपालिका १२ रमनाका नरेश बुढाको गत भदौँ २४ गते हराएको होण्डा साइन मोटरसाइकल असोज ११ गते कपिलवस्तुको जंगलमा फेला परेको हाे ।

वडा प्रहरी कार्यालय चन्द्रौटाले उक्त मोटरसाइकल हराएको झण्डै ६ महिनापछि सावधरी धनीलाई बुझाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले जंगलमा लुकाइ राखेको रा ५ प ५३९० नम्बरको मोटरसाइकल कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासा जंगलमा बेवारिसे अवस्थामा फेला पारी कार्यालयमा राखेको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाले विशेष अनुसन्धानका क्रममा यातयात व्यवस्था कार्यालय राप्तीसँग समन्वय गरी मोटरसाइकल धनीलाई पहिचान गरी आज (बिहीवार) बिहान बुझाईएको वडा प्ररी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।

मोटरसाइकल कस्ले चोरेको र कस्को हो भन्ने पत्ता लगाउन केही महिना लागेको बताउदै बुझाउन ढिलाई भएको प्रहरीले जनाएको छ ।  उक्त मोटरसाइकल बनकसवास जङ्गलमा बेवारिसे अवस्थामा फेला पारी यस कार्यालयमा ल्याई राखिएकोमा अनुसन्धानको क्रममा मोटरसाइकल नरेश बुढा मगरको भन्ने खुली आएकाले मोटरसाइकल बुझाएको प्रहरी निरीक्षक खरेलले बताउनुभयो । मोटरसाइकल पाएपछी नरेश बुढा मगर खुसी भएका थिए । उनले नेपाल प्रहरीलाई धन्याबाद समेत दिए । नरेश भन्छन्– मोटरसाइकल भेटिन्छ भन्ने कल्पना समेत गरेको थिएन।

चोरी गर्ने गिरोहको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । केही दिन पहिले पनि प्रहरीले चोरी भएका मोटरसाइकल सवारी धनीलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।