Logo बैशाख ३०, २०७८ बिहीबार


नेपाल–भारत संयुक्त आयोगको बैठक, परराष्ट्रमन्त्री दिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार दिल्ली पुग्नुभएको छ । बिहीबार भारत पुग्नुभएका परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिसँग भेटघाट गर्नुभएको छ । शुक्रबार (आज) भने परराष्ट्रमन्त्री ज्ञवाली दिनभर व्यस्त हुने कार्यतालिका छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको विषयमा औपचारिक सूचना जारी गर्न ढिलाइ गर्दा केही समय अन्योल भए पनि भारत भ्रमणको एक घण्टाअघि मात्रै भारतीय विदेश मन्त्रालयले सूचना जारी गरेको थियो । नेपालले भने ३ दिनअघि नै परराष्ट्रमन्त्रीको भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको थियो । भ्रमणको केही दिनअघि नै एकैसाथ दुई देशले विज्ञप्ति निकालेर सूचना जारी गर्ने प्रचलन भए पनि यो पटक भने भारतले अन्तिम समयमा मात्रै विज्ञप्ति सार्वजनिक गरेको हो ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिअनुसार बिहीबार कुनै औपचारिक कार्यक्रम राखिएको थिएन। शुक्रबार बिहान ज्ञवालीले ११ बजे आफ्ना समकक्षी एस जयशंकरसँग हैदराबाद हाउसमा भेट्ने कार्यतालिका छ । भेटसँगै दुई देशका विदेशमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्ने कार्यक्रम तय गरिएको छ ।

बिहान साढे ११ बजे नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक सुरु हुनेछ । बैठकमा दुई दर्जनभन्दा बढी द्विपक्षीय संयन्त्रमा हालसम्म भएका छलफल र सहमतिको समीक्षा हुने बताइएको छ । स्रोतका अनुसार बैठकमा नेपालका तर्फबाट सीमा, ईपीजी, व्यापार, ऊर्जा, तथा कनेक्टिभिटीलगायतका विषयलाई प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…