तपाईको यो साता (माघ ४ गतेदेखि १० सम्मको साप्ताहिक राशिफल)

मेष– फाइदा अरुलाई जानेछ । काममा ढिलासुस्ती हुनेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवम् यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मनोरञ्जनमा खर्च हुने । नयाँ ठाउँको भ्रमण एवम् काममा प्रगति देखिन्छ । साताको अन्त्यमा भने व्यापारमा फाईदा, विलासितामा मन जाने एवम् पारिवारिक भेटघाट र मिष्ठान्न भोजनको योग रहको छ।
वृष– पुरानो लगानीमा फाईदा मिल्नेछ । व्यापार बढ्नाले ऋणको भार कम हुनेछ । सुख सयलमा खर्च हुने एवम् अरुबाट लाभ मिल्नेछ । साताको मध्यमा भने अचानक नोक्सानी एवम् शारीरिक समस्या आउनेछ । काममा आलोचना मिल्ने तथा शत्रुबाट भय हुनेछ । साताको अन्त्यमा भने काममा फाईदा एवम् आँटेको काममा राम्रो खबर मिल्नेछ । सुखसयलमा खर्च बढ्नाले पारिवारिक वैमनस्यता हुनेछ ।
मिथुन– राजनीतिमा जिम्मेवारी आउँनेछ । सरकारी कामकाजमा प्रगति हुनेछ । रोजगारीमा फाईदा मिल्नेछ । जिम्मेवारी थपिने एवम् काममा प्रशंसा आउनेछ । कामको प्रगति देखेर अरुले इर्ष्या गर्नेछन् । साताको मध्यमा धनको लाभ हुनेछ । व्यापारमा बढी फाईदा हुने देखिन्छ । साताको अन्त्यमा भने विसञ्चो हुने एवम मन नलागी खर्च गर्नुपर्नेछ । पारिवारिक तनाव एवम हुन लागेको काममा बाधा आउने देखिन्छ
कर्कट– सामाजिक परोपकारको भावना बढ्नेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । काममा प्रगति एवम् अरुको सहयोग मिल्नेछ । ठुलाबडाबाट आश्वासन पाईने एवम मनमा खुशी बढ्नेछ । नोकरीमा फाईदा मिल्ने एवम गरेको काममा अरुले बाधा गर्न सक्नेछन् । प्रगतिमा इर्ष्या गर्ने प्रशस्त भेटिन्छन् । साताको अन्त्यमा भने आम्दानी राम्रो हुने, सन्तानबाट खुशी बढ्ने एवम् मनोरञ्जनमा खुशी जानेछ । खर्च बढेतापनि अरुको सहयोगले आफ्नो काम पुरा हुनेछ ।
सिंह– साताको शुरुमा काममा अलमल एवं अचानक मानहानि हुन सक्नेछ । अनावश्यक स्वास्थ्यमा खर्च हुने एवम् तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवम् अरुले काम बिगार्न सक्नेछन् । मध्यमा भने अधुरा काम पुरा हुने, काममा सफलता मिल्ने एवम् धार्मिक रुचि बढ्नेछ । साताको अन्त्यमा भने पद प्रतिष्ठानमा वृद्धि, राजनीतिक सफलता एवम् अरुको सहयोग मिल्नेछ ।
कन्या– व्यावसायिक यात्रा हुनेछ । पारिवारिक भेटघाट हुनेछ । साझेदारीमा फाईदा, प्रेममा प्रगति एवम् यात्राको अवसर मिल्नेछ । साताको मध्यमा भने काममा झन्झट, प्रगतिमा बाधा एवं आकस्मिक घाटा बेहोर्नु पर्नेछ । सवारीसाधनले दुःख दिनेछ । साताको अन्त्यमा भने काममा फाईदा मिल्ने, विदेशवाट सहयोग मिल्ने एवं भाग्यले साथ दिने एव) खुशीको खबर आउनेछ ।अड्केका पुराना काम सुचारु हुनेछन् ।
तुला– रमाइलोमा बढी खर्च हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । अरुको सहयोग मिल्नेछ । विरोधीहरु पर जाने एवम् पारिवारिक मेलमिलाप बढ्नेछ । वैवाहिक कुरा चल्ने एवम् व्यवसायमा राम्रै प्रगति मिल्नेछ ।यात्रामा समस्या आउने एवं जीवनसाथिको स्वास्थ्यमा समस्या हुनेछ । साताको अन्त्यमा भने आलोचना हुने, काममा अपजस मिल्ने एवम नराम्रो खबर आउन सक्नेछ । काममा घाटा हुने हुनाले तनाव बढ्नेछ ।
वृश्चिक– धनको सहयोग मिल्नेछ । आर्थिक अवस्थामा सुधार आउनाले चिन्ता कम हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तानको सहयोग पाईनेछ । आम्दानीमा वृद्धि एवम स्वास्थ्यमा सुधार हुनेछ । खर्च बढेपनि राम्रो ठाउँमा लगानी हुनेछ। नया ठाउको भ्रमण हुने एवं नया काममा लगानीको वातावरण बन्नेछ । साताको अन्त्यमा भने दाम्पत्य सुख मिल्ने,पति पत्नीबीच मेलमिलाप हुने एवम विदेश यात्राको योग बन्नेछ ।
धनु– शंकाले प्रेममा बाधा आउनेछ । मित्रतामा समस्या आउने एवं आफन्त टाढा हुनेछन् । घरायसी मामिलामा परिनेछ । स्वास्थ्यमा अचानक बाधा एवम चिन्ता बढ्ने देखिन्छ । साताको मध्यमा भने बौद्धिक कार्यमा रुचि एवम मनोरञ्जनमा दिन बित्नेछ । आम्दानीे हुने, स्वास्थ्यमा प्रगति हुने एवम खेलकुदमा रुचि जाने देखिन्छ । अचानक मित्रबाट फाईदा हुने योग रहेको छ ।अन्त्यमा पुरानो विवाद एवं आपसी झैझगडा टुंगिनेछ।
मकर– आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ । पुरानो व्यवहारमा आर्थिक फाइदा एवं छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ । पराक्रम बढ्ने, काम फटाफट हुने देखिन्छ । साताको मध्यमा भने अनावश्यक किचलो एवम् स्वास्थ्यमा समस्या आउनेछ । अन्त्यमा भने, व्यवसायमा प्रगति प्रेममा प्रगति एवम् धनमाल जोडिने योग रहेको छ ।
कुम्भ– पुरानो काममा फाइदा बढी मिल्नेछ । कृषि एवं पशुचौपायाबाट आम्दामी हुनेछ ।आफन्तले आर्थिक काममा सहयोग गर्नेछन् । बोलीको प्रभाव बढ्नेछ । आफ्नो प्रस्तुतिले ख्याती कमाईनेछ । धनको कारोबार बढ्ने एवम ईष्टमित्रबाट सहयोग पाईनेछ । साताको मध्यमा भने घर छोड्नुपर्ने एवम खर्चमा वृद्धि हुनेछ । साताको अन्त्यमा भने पारिवारिक झगडा, मानसिक अशान्ति एवम काममा अवरोध आउनेछ । चिसोको समस्याले स्वास्थ्यबाधा हुनेछ ।
मीन– नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं सदभाव पाईनेछ । धनको कारोबार बढ्ने एवम् आकश्मिक फाईदा मिल्नेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन, भाइभाइमा मेलमिलाप एवम् जिम्मेवारी थपिनाले कार्यभार बढ्नेछ । नयाँ काममा लगानी हुनेछ । नयाँ मित्रता गासिने एवं साथीभाइको साथ मिल्नेछ ।
प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४पशुपति जयवागेश्वरी