चिसाेबाट बच्न छोकडा र दूध , यस्ता छन् फाइदा

काठमाडौं । हामी हाम्रो शरीरलाई शक्ति प्राप्त गर्न माछामासु, फलफूल तथा दूध खाने गछौं । त्यति मात्र हैन हामीले अझ बढी शक्ति प्राप्तिका लागि काजु किसमिस साथै छोकडा खाने गछौं । जाडो मौसम छ तपाँईले दैनिक रुपमा छोकडा र दूधको सेवन गर्नुभयो भने धेरै फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।
छोकडामा फाइबर, भिटामिन बी ६ , आइरन र कार्बोहाइड्रेट जस्ता पोषक तत्वहरु पाइने गर्छ भने दूधमा क्याल्सियम प्राप्त हुने गर्छ ।
छोकडा र दूधले शरीरमा ग्लुकोज, प्रोटिन, फ्रक्टोन, फाइबर, आइरन र म्याग्नेशियम जस्ता तत्वहरुको आपूर्ति गर्ने भएकाले शरीरलाई शक्ति प्राप्त हुने गर्छ । छोकडा शरीरका लागि कुनै पनि औषधिभन्दा कम नहुने चिकित्सकहरुको भनाइ छ ।
बनाउने विधि
१.एक गिलास दूधमा तीन वटा छोकडा हालेर पकाउने ।
२.पकाउँदा दूध उम्लिएपछि पाँच मिनेटसम्म सानो आगोमा पकाउने र त्यसलाई मनताताे हुँदासम्म राख्ने अनि छोकडा र दूध पिउने ।
३.दिनमा पाँच वटा छोकडा खाँदा शरीरलाई निकै फाइदा पुग्छ र तर त्यो भन्दा बढी छोकडा खानु नोक्सानदायक पनि हुनसक्छ ।
छोकडा र दूध खानुका फाइदा
१. चिसाे : मौसममा हामीले दैनिक रुपमा छोकडा र दूधको सेवन गर्नाले चिसो लाग्नबाट बच्न सक्छाैं । जसका लागि एक गिलास दूधमा दूई वा चार वटा छोकडा हाल्ने, मरिच, अलैँची हालेर उमाल्ने र पिउने गर्दा चिसोबाट बच्च सकिन्छ।
२. रगतको कमि : दूध र छोकडा खाने गर्दा शरीरमा आइरन भरपुर प्राप्त हुन्छ । जसले रगत सफा गर्ने, रक्तसञ्चार तन्दुरुस्त बनाउने र छालालाई चम्किलो बनाउने गर्छ ।
३. शक्ति: छोकडा र दूधले शरीरमा ग्लुकोज, प्राटिन, फ्रक्टोज, फाइबर, आइरन र म्याग्नेशियम जस्ता तत्वको आपूर्ति गर्ने भएकाले शरीरलाई शक्ति प्राप्त हुने गर्दछ ।
४. मस्तिक: दूध र छोकडामा भिटामिन बी ६ हुने भएकाले यसले मस्तिष्कलाई स्वस्थ राख्ने र दिमाग तेजिलो बनाउने काम गर्छ ।
५. तौल बढाउन: दुब्लोपनका कारण पीडामा भएकाहरु महिलाले ३ र पुरुषले ४ वटा छोकडा हालेर दूध पिउने गर्नुपर्छ । यसले तौल बढ्नुका साथै शरीरलाई आवश्यक पर्ने प्रोटिन र पोषक तत्व प्रदान गर्छ । साथै, यसले रोगप्रतिरोधी क्षमताको पनि विकास गर्छ ।
६. मुटु स्वस्थ राख्न: हरेक दिन छोकडा हालेको दूध पिउँदा कोलेस्ट्रोल सन्तुलन रहने र रक्तनलीहरु बिग्रिने, क्यान्सर र मुटुसम्बन्धी समस्याहरुको खतरा पनि कम हुन्छ .
७. ओछ्यानमा पिसाब गर्ने बालबालिकाका लागि: यदि बच्चाहरुमा ओछ्यानमा पिसाब गर्ने समस्या छ भने त्यस्ता बच्चाहरुलाई हरेक दिन छोकडा हालेको दूध दिनुपर्छ । तर १० वर्ष सम्मका बच्चाको दूधमा २ वा तीनवटा भन्दा बढी छोकडा हाल्नु हुँदैन ।
८. पाचन प्रक्रिया: जसको पाचन प्रक्रियामा गडबढी छ त्यस्ता व्यक्तिले छोकडा र दूध खाने गर्नुपर्छ । यसले कब्जियत, एसिडिटी जस्ता समस्यालाई कम गर्छ । -एजेन्सी