Logo फाल्गुन १४, २०७७ शुक्रबार


टोकरीवाला र माग्ने बच्चा

धेरै पहिले एउटा शिवपुर नामको गाउँमा एक जना टोकरीवाला बस्थे । उनी जंगलबाट बाँस काटेर ल्याएर टोकरी बनाउने र बेच्चे गर्थे । टोकरीवाला बिहान चाँडै उठेर बाँस लिन जान्थे । दिनभरमा २०–३० वटा टोकरी बनाएर बेच्न लैजान्थे । यसरी टोकरी बेचेर कमाएको पैसा घरायसी खर्च गरेर बाँकी बचत पनि गर्थे ।

सँधै झैँ टोकरीवाला आफ्नो पसलमा टोकरी बनाइरहेका थिए । एउटा १०–१२ वर्षको बच्चा आएर आफूलाई भोक लागेको बताउँदै पैसा माग्यो । टोकरीवालाले उसले मागेजति नै पैसा दियो । त्यसपछि त्यो बच्चा सधैं पैसा माग्न आउन थाल्यो । यसरी सधै माग्न आएको देखेर एक दिन टोकरीवालाले बच्चालाई सोध्यो, ‘तिम्रो नाम के हो बाबु ? किन तिमी सधंै माग्छौ ? तिम्रो आमाबुबा कहाँ हुनुहुन्छ ?’ टोकरीवालाको कुरा सुनेपछि बच्चाले भन्यो, ‘मेरो नाम बासु हो । मेरो कोही पनि हुनुहुन्न । त्यसैले खानको लागि मैले माग्नुपर्छ ।’ बासुको कुराले टोकरीवालाको मनमा एउटा उपाय आयो र उसले भन्यो, ‘म भोक लाग्दा खान दिन्छु । बस्ने ठाउँ दिन्छु । माग्न छोडेर तिमी मसँग बस्छौ ?’ नमागी बस्न, खान पाउने भएपछि बासु मख्ख पर्यो र हुन्छ भन्यो ।

त्यसदिन देखि बासु टोकरीवाला सँगै बस्यो । टोकरीवालाले उसलाई टोकरी बनाउन सिकायो । बासुले चाँडै काम सिक्यो । उनीहरु बिहान सँगै जंगल गएर बाँस ल्याउँथे । दिनभर सँगै काम गर्थे र साँझ सँगै घर फर्किएर पकाएर खाना पनि सँगै खान्थे । यसरी उनीहरुको दैनिकी राम्रोसँग चलिरहेको थियो । बासु आएपछि टोकरीवालाको कमाइ पनि बढेको थियो ।

एकदिन बिहान टोकरीवाला र बासु जंगलबाट बाँस लिएर आउँदै थिए । टोकरीवाला बाटोमा खाल्डोमा परेर लड्यो । बासुले मद्दत मागेर टोकरीवालालाई अस्पताल लग्यो । टोकरीवालाको हात भाँचिएको रहेछ । अब उसले ६ महिनासम्म आराम गर्नुपर्ने भयो । बासुले टोकरीवालाको खुब ख्याल गर्यो । खाना बनाउने, खुवाउने, औषधी खुवाउने सबै गर्यो । टोकरीवाला बिरामी भएको दुई महिना नबित्दै उनीहरुसँग भएको सबै बचत पैसा सकियो । खानेकुरा किन्ने पैसा पनि बचेन ।

त्यसपछि बासु पुनः काममा फर्किने सोचले पसल हिँड्यो । उसले बाटोमा आफूजस्तै ४ जना बच्चाले भिख मागिरहेको देख्यो र आफूलाई पनि टोकरीवालाले यस्तै अवस्थामा पसलमा ल्याएको सम्झियो । उसले ती बच्चालाई पसल लिएर गयो र काम सिकाउन थाल्यो । उसले जति सिकाए पनि ती बच्चाले काम कहिल्यै जानेनन् । एकदिन बासुले अलिअलि कमाएको पैसा पनि लिएर चारै जना भागे । बासु खुब रोयो । रुँदै घर गयो र टोकरीवालालाई भन्यो, ‘मैले गल्ति गरेँ । ती बच्चाको माया लागेर पसलमा लगे उनीहरुले मेरै पैसा चोरी गरेर भागे ।’ बासुलाई टोकरीवालाले सम्झायो, ‘तिमी नरोउ । तिम्रो मन सफा छ । आफू जस्तै सोचेर तिमीले ल्याएका थियौ तर उनीहरु फटाहा निस्किए । तिम्रो सधै भलो हुन्छ चिन्ता नगर ।’

टोकरीवाला विस्तारै ठिक हुँदै थियो । उसले पनि बासुलाई सकेको जति काम सघाउन थाल्यो । बासु बिहानै उठेर जंगल जान्थ्यो । दिनभर टोकरीवाला र ऊ मिलेर काम गर्थे । टोकरीवालाको साइकल लिएर बासु टोकरी बेच्न जान्थ्यो । बिस्तारै उनीहरुको कमाइ बढ्दै गयो । टोकरीवाला राम्रोसँग ठिक भएपछि काम झन राम्रो हुन थाल्यो । त्यसपछि बिहान साँझ टोकरीवालालाई काम सघाएर बासु दिउँसो पढ्न जान पनि थाल्यो । ती चोर बच्चा बाटोमा बसेर सँधै मागिरहेका हुन्थे । बासु त्यहि बाटो साइकल चलाएर विद्यालय पढ्न जान्थ्यो । ती बच्चाहरु बासुको प्रगति देखेर लोभिन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…