Logo फाल्गुन १४, २०७७ शुक्रबार


भारतमा कोरोनाविरुद्धको खोप लगाउन शुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

एजेन्सी । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि शुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।

अग्रपंक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ । खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सबै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ ।

खोपका लागि एकिकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्ष बर्धनले जानकारी दिनुभयो । उहाँले कोरोनाविरुद्धको खोप अभियान शुरु हुनुलाई “कोरोनाको अन्त्य नै शुरु भएको” रुपमा लिनुभएको छ ।

अर्को चरणमा ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । बृद्धबृद्धाहरु कोरोनाभाइरसबाट सङ्क्रमणको उच्च जोखिम हुने र सङ्क्रमित भइसकेपछि जित्न पनि गाह्रो हुनेभएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन् । उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ । यही ३ जनवरीमा खोप लगाउन अनुमति दिने निर्णय सरकारले गरेको थियो । भारत बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो ।

खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारी विरुद्धको सङक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताउनुभयो ।

‘यती धेरै जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरुले महामारीसँग लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्यून छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने जानकारी संसद सचिवालयले दिएको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।