Logo फाल्गुन १४, २०७७ शुक्रबार


आशा छ, अदालतले ओलीको धम्कीमा फैसला सुनाउँदैन-डा.केसी

काठमाडौं । डा.गोविन्द केसीले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र धम्कीमा फैसला सुनाउँदैन भन्ने जनतामा आश रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलामा आज भएको नागरिक आन्दोलनलाई सम्बोधन गर्दै डा.केसीले जनता अदालतप्रति विश्वस्त भएको बताउनुभएको हाे ।

उहाँले भन्नुभयो, ‘अदालतले जनताको आश मार्ने छैन। ओलीको निर्देशन वा धम्कीमा अदालतले फैसला सुनाउने छैन। यदि यस्तो भएन भने जनताहरु दुःखका साथ न्यायालयविरुद्ध सडकमा उत्रन्छन्। यो धम्की होइन।’

डा.केसीले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेन भने जनता अदालतविरुद्ध आन्दोलनमा आउने चेतावनी दिनुभएको छ । उहाँले प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्रीको गैरसंवैधानिक कदम भएको बताउँदै भन्नुभयो, ‘हाम्रो हकहित हुनेगरी स्थिर सरकार बन्छ भनेर भोट दिएको तानाशाही बनाउन भोट दिएका हैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…