बेलायतले लगायाे अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायतले आफ्ना नागरिकलाई अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमणबाट नागरिकलाई जोगाउन आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा सबै प्रकारका यात्रामा रोक लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका बताउनुभएको छ ।
बेलायत प्रवेशका लागि अनिवार्यरुपमा कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्ने सूचनासमेत जारी गरिएको छ ।
बीबीसीका अनुसार नयाँ यात्रा प्रतिबन्ध फेब्रुअरी महिनाको १५ तारिखसम्म लागू हुनेछ ।
बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल नयाँ प्रजातिका कोरोना संक्रमण पचास प्रतिशतले बढेको छ ।