Logo फाल्गुन १८, २०७७ मंगलबार


भारतमा काेराेना संक्रमितकाे संख्या १ कराेड ५ लाख नाघ्याे

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म १ करोड ५ लाख ४२ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ४२ हजार ८४१ पुगेकोे भारतकाे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणका कारण १७५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ९३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ७९ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ११ हजार ३३ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २९५ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७३२ भन्दा बढीको मृत्यु भइसकेको छ । दिल्लीमा गत बिहीबार कोरोना सङ्क्रमणको कारण चार जनाको मात्र मृत्यु भएको जनाइएको छ । यो मे ११ देखि हालसम्म कोरोना भाइरसको कारण एक दिनमा मृत्यु हुने व्यक्तिको संख्या सब भन्दा कम भएको समाचारमा जनाइएको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर १८ करोड ५७ लाख ६५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एक दिनमा मात्र आठ लाख ३ हजार ९० जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

भारतमा शनिवारदेखि काेराेना संक्रमणविरूद्धकाे खाेप सर्वसाधारलाई दिन शुरू गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।