Logo फाल्गुन १३, २०७७ बिहीबार


जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

भगीरथ भण्डारी
इलाम । जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मागेसंक्रान्तीको अवसरमा जिल्ला प्रहरी कार्यालयको कवर्डहलमा माग एक गतेदेखि शुरु भएको प्रतियोगिता सम्पन्न भएको हो ।

शनिबार सम्पन्न भएको फाईनल खेलमा समूह ‘क’ अन्र्तगत थेवा तामाङ र विदुर थापा प्रथम भएका छन । उनीहरुले राजन दहाल र महेश श्रेष्ठलाई १८/२० ले हराएका थिए । समूह ‘ख’ मा हरिचन्द्र इङनाम र ठाकुर नारायण श्रेष्ठ प्रथम भएका छन् । उनीहरुले भीम राई र लेखराज राईलाई १६/२० ले हराएका थिए ।

भेट्रान तर्फ तुलसीराम सेँडाईँ र दर्शन भक्तराज प्रथम भएका छन् । उनीहरुले नवराज दुलाल र हरिश्चन्द्र इङनामलाई हराएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद आठ हजार रुपैयाँ र दोस्रो हुनेलाई नगद पाँच हजार रुपैयाँ, ट्रफ्री र प्रमाण–पत्रले सम्मान गरिएको जिल्ला व्याडमिन्टन संघ इलामका अध्यक्ष सुवास चिपालुले जानकारी दिनुभयो । जिल्ला व्याडमिन्टन संघ इलाम र कवर्डहल व्यवस्थापन समिति इलामको आयोजनामा भएको ‘क’ समूहमा १०, ‘ख’ समूहमा ३९ र भेटा«न तर्फ नौ टिमको सहभागिता रहेको थियो ।

फाईनल खेलको प्रमुख अथिति इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले खेलकुद क्षेत्रको विकास गर्ने उदेश्यले इलाम नगरपालिका पाँच बिबल्याँटेमा कवर्डहल निर्माण गरेको बताउनुभयो । कवर्डहल निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेर काम भइरहेको बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…

गतसाता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।