काठमाडौं । शनिबार जनतासमाचार डट्कम मा कसरी आयो देउवाको ‘ट्युनिङ’ मा बदलाव ?, आशा छ, अदालतले ओलीको धम्कीमा फैसला सुनाउँदैन: डा.केसी, देश अब विकासतिर अघि बढ्नेछ– प्रधानमन्त्री ओली, ओली गुटले ५ वर्षको जनादेश ३ वर्षमै मिच्यो: पुन र धनकुटामा गृहमन्त्री थापालाई नेविसंघले देखायो कालो झण्डा लगायत शीर्षकका समाचार तथा विचाहरुले मुख्य स्थान पाए ।आइतबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेको छ । पत्रिकाले सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध: परराष्ट्रमन्त्री ज्ञवाली, राजावादीको षड्यन्त्रमा नेकपा विभाजन: गृहमन्त्री, मुख्यमन्त्री शेरधन राईको विवाह मोडल ज्याङ्मु शेर्पा संग हुने र संसद विघटन गरेर केपी ओलीले तनाशाही भएको प्रमाण दिए : राजेन्द्र महतो लगायत शीर्षकका समाचारहरु प्राथमिकताका साथ छापेको छ ।नयाँ पत्रिका दैनिक ले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको प्रतिक्रिया: ‘पत्रकारलाई प्रशिक्षित गर्न बोलेको हुँ’ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा संसद् विघटन गर्ने संवैधानिक व्यवस्था छैन भन्ने भिडियो सार्वजनिक भएपछि संविधानसभा अध्यक्ष नेम्वाङ पहिलोपटक बोलेकाे कुरा उल्लेख छ ।समाचारअनुसार संसद् विघटनलाई लिएर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गोलमोटल प्रतिक्रिया दिएका छन् । संसद् विघटन गर्ने संवैधानिक व्यवस्था छैन भन्ने भिडियो सार्वजनिक भएपछि नेम्वाङले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै भनेका छन्, ‘पत्रकारलाई प्रशिक्षित गर्ने सिलसिलामा मैले बोलेको हुँ, तर अहिलेको प्रसंग फरक छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’ समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'कालापानी–लिम्पियाधुरा सीमा विवादबारे वार्ता गर्न भारत अनिच्छुक' शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीनदिने भारत भ्रमण औपचारिकतामै टुंगिएको उल्लेख छ । समाचारअनुसार शुक्रबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठक दुई देशका नियमित एजेन्डामा मात्रै केन्द्रित भयो, बैठकमा भारतीय पक्षबाट बहुचर्चित कालापानी–लिम्पियाधुरा सीमा विवादमा उपयुक्त संयन्त्रमा छलफल गर्दै जाने पुरानै प्रतिबद्धता मात्रै दोहोरियो । उच्च राजनीतिक तहमा हुने भनिएको परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता पनि रक्षामन्त्री राजनाथ सिंहसँगको शिष्टाचार वार्तामा सीमित भएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले सेताम्य साल्डाङ, वकिलहरूलाई प्रधानमन्त्रीको प्रश्न- मन्त्रिपरिषद्ले निर्णय गर्दा संविधान र कानुन उल्लेख गर्नुपर्छ भन्ने कहाँ लेखेको छ ? , ७५३ वटै स्थानीय तहबाट कांग्रेसको विरोध: प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नेताका आपत्ति र वनमन्त्री आलेविरुद्ध काठ तस्करीको त्यो मुद्दा...लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।कान्तिपुर दैनिक ले भने 'नेकपाको विधानै दुई थरी' शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा आधिकारिकताको विवाद चुलिएको नेकपामा दलको विधानसमेत दुई थरी रहेको पाइएको छ । पार्टी एकीकरणका क्रममा आयोगमा एउटा विधान बुझाइएको समाचारमा उल्लेख छ।समाचारअनुसार उक्त विधान गत वर्ष माघमा केन्द्रीय कमिटीबाट परिमार्जन गरिए पनि आयोगलाई जानकारी दिएर त्यसको अभिलेख अद्यावधिक गराइएको थिएन । त्यही कारण अहिले नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच कुन विधानका आधारमा विवाद छिनोफनो गर्ने भन्ने रस्साकसी चलेको समाचारमा छापिएको छ।त्यसैगरी पत्रिकाले 'विश्वकै दोस्रो अग्लो चुचुरोमा पुगे १० नेपाली' शीर्षकको समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा केटू हिमालमा मानव पाइला पुगेको ६७ वर्षयता नेपालीको पहिलो हिउँदे आरोहण सफल भएको उल्लेख छ।समाचारअनुसार गत वर्षमात्रै सगरमाथासहित ८ हजार हग्ला विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनको समय लगाएर आरोहण गर्दै विश्व किर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाले हिउँदयाममा हालसम्म कोही नपुगेको पाकिस्तानको जोखिपूर्ण मानिने केटु हिमशिखर चढेर फेरि विश्वको ध्यान खिचेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले चिसोमा किन बढ्दैछ डढेलो ?, ‘खोप लिन हिच्किचाए बेलायतका अल्पसंख्यक’, ज्ञवालीलाई मोदीले दिएनन् समय, कांग्रेस अझै अन्योलमा, सर्वोच्च अदालतको हुर्मत लिने काम भयो र विद्यालय बगेपछि बगरमै पठाइ लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले चुरे र भित्री मधेसको समृद्धिका लागि महत्त्वपूर्ण शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा राईको समथर भूभागभन्दा माथिबाट चुरे तथा भित्री मधेस हुँदै पूर्वपश्चिम जोड्ने वैकल्पिक राजमार्गका रूपमा मदन भण्डारी राजमार्गको निर्माण द्रुत गतिमा भइरहेको समाचारमा उल्लेख छ ।समाचारअनुसार मदन-भण्डारी राजमार्ग नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिमी सीमा महाकाली नदीसम्म फैलिने छ । यस राजमार्गको कुल लम्बाइ एक हजार २५० किलोमिटर रहने अनुमान गरिएको छ । यसमध्ये ४६५ किलोमिटर सडक विभागकै अन्य आयोजना र सडक डिभिजन कार्यालयहरूबाट निर्माण भइरहेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले सत्तारोहणको राजनीतिद्वारा निषेधित यथार्थ, आयुर्वेदिक औषधि उपयोगी, तराइवासीको काया फेर्ने सडक, गरिबी न्यूनिकरणका लागि समावेशी विकास र नेपाल- भारत सम्बन्ध थप घनिष्ठ: पराष्ट्रमन्त्री लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ।आजको नागरिक दैनिकले कोभिड भ्याक्सिनमा भारतले सघाउने शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा ततकाल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताउनुभएको छ । शनिबार नेपाल भारत संयूक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्निने क्रममा यस्तो बताउनुभएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले ओलीको अराजकता अस्वीकार्य, मैले न्यायाधीश भेठेको छैन, शीतलहर छल्न न तातो नाना, न खाना, सुधारिँदै मालपोत सेवा र मुलुककै लामो झोलुंगे पुल उद्घाटन लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७ १३:३१