Logo फाल्गुन १६, २०७७ आइतबार


स्वदेशमै रोजगारी गर्न फर्निचर व्यवसायमा आकर्षण

काठमाडौं । परापूर्वकालदेखि नै मानिसहरुले दैनिक जीवनमा काठको उपयोग गर्दै आएका छन् । पुराना मठमन्दिर र त्यसमा कलात्मक ढंगबाट कुँदिएकासुन्दर काष्ठ कलाहरु त्यसका बलिया उदाहरण हुन् । घरमा प्रयोग हुने अधिकांश वस्तु जस्तै झ्याल ढोका, चौकोस आदि काठकै बनाइन्छ ।

हुन त अहिलेको आधुनिक समयमा अन्य सस्तो वस्तुहरु जस्तै फलाम तथा एल्मुनियमको काठको विकल्पमा प्रयोग हुन थालेको छ । तर पनि काठको माग र उपयोगमा भने कुनै कमी आएको छैन । समय परिवर्तन भएपनि हिजोआज पुरानै कलात्मक शैलीमा काठको प्रयोग गरी घर बनाउने र सजाउने चलन फेरि बढेको छ । काठको झ्याल ढोकामा पुरानै कलात्मक शैलीका साथमा नयाँ डिजाइनका घरमा प्रयोग हुने सामाग्रीहरु, दराज, पलङ्ग, डाइनिङ टेवल, शोकेस लगायत सम्पूर्ण सामाग्री नयाँ डिजाइनमा बनाई घरको डेकोरेशन गर्ने चलन बढेको छ ।

उपरोक्ता र ग्राहकको माग बढेसँगै काठमाण्डौमा थुप्रै फर्निचर पसलहरु छन् जहाँ अर्डर अनुसार वा रेडिमेड फर्निचरहरु विभिन्न डिजाइनमा पाइन्छन् । यस्तै स्वयम्भु, डल्लु चौतारमा रहेको डल्लु फर्निचरले पनि विगत १३ वर्षदेखि फर्निचरहरु बनाउने र बिक्री गर्दै आएको छ ।

ग्राहकहरुको माग बमोजिमका फर्निचर होम डेलिभरी र घरैमा पुगेर फिटिङको समेत व्यवस्था भएको डल्लु फर्निचरमा अफिस, घर तथा विवाहका लागि चाहिने आकर्षक फर्निचरहरु उपलब्ध छन् । यस फर्निचरका सञ्चालक हुन्–सबिन डंगोल। अहिले नेपाली युवा जनशक्ति विदेशिरहेको अवस्थामा सविन भने स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने सोंच बोकेका उद्यमी हुन् । उनी भन्छन्–चाहना राख्ने हो भने नेपालमै बसेर धेरै गर्न सकिन्छ । खोजे नेपालमा पनि धेरै अवसरहरु छन् ।

विदेश गएर आफ्नो पसिना बगाएर पैसा त कमाइएला तर आफ्नै देशमा केही गर्दा छुट्टै आत्मसन्तुष्टि हुने सविनको धारणा छ । युवा उमेरमै अर्थात विगत १३ वर्षदेखि यस फर्निचरको व्यवसायमा संलग्न सविन आफ्नो काम र सफलतामा निकै सन्तुष्ट र खुसी छन् । उनी थप्छन्, सबै युवाहरुले केहि न केही त गर्नुपर्छ चाहे त्यो व्यवसाय होस् या रोजगार । अझ  आफ्नै देशमा बसेर केही गर्न सके त्यसबाट देशका लागि छुट्टै योगदान समेत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…