युवा संघ नेपालको केन्द्रीय बैठक शुरु, नेकपा अध्यक्ष दाहालले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।
बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको संघले जानकारी दिएको छ ।
सत्तारुढ दल नेकपामा सरकार सञ्चालनमा रहेको केपी शर्मा ओली पक्ष र दाहाल–नेपाल पक्षले पार्टीको आधिकारिक पक्ष आफू भएको भन्दै छुट्टाछुट्टै कार्यक्रमहरु गर्दै आइरहेका छन् ।