Logo फाल्गुन १४, २०७७ शुक्रबार


देश र संविधानको तनाव हुँदा हामी हाँस्न सक्दैनौं : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान र देशको तनाव भइरहँदा आफू हाँस्न नसक्ने बताउनुभएको छ । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय कमिटीको दाेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताउनुभएको हो ।

बैठकलाई सम्बोधन गर्दै दाहालले भन्नुभयो, ‘सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या गरेर प्रधानमन्त्री केपी ओली हाँसेर बस्नुभएको छ’, उहाँले भन्नुभयो, ‘‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं ।’

‘आन्दोलनको उत्सव चलिरहँदा उहाँ गोरुगाढाको कथा सुनाउँदै बस्नु हुन्थ्यो ।’, दाहालले भन्नुभयो, ‘आन्दोलनले गणतन्त्र ल्याउनु र गोरुगाढाबाट अमेरिका पुग्नु एउटै भन्नु हुन्थ्यो ।’ वर्तमान लोकतान्त्रिक व्यवस्था नै ओलीको चाहनाको व्यवस्था नभएको दाहालको भनाइ छ ।

‘प्रतिक्रियावादीहरुसँग साँठगाँठ भयो । त्यो अमान्य छ । घृणा गर्छौं । त्यो पतनको बाटो अस्वीकार्य छ’,दाहालले भन्नुभयो, ‘ ‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो । साथीहरुको विश्वास लिन सक्नु भएन ।’

भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने नारा भ्रष्टाचारी जोगाउनकै लागि ओलीले प्रयोग गरेको दाहालले आरोप लगाउनुभयो ।आफूलाई कम्युनिष्ट भनेपनि ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिडेको दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।