माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ ।
राजनीतिक दलहरुलाई छलफलमा बोलाएको आयोगले मतदाता नामावलीको प्रस्तावित कार्यक्रम अघि सारेको हो । जसअनुसार आगामी माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने, त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने उल्लेख गरिएको छ ।
यस्तै आजको छलफलमा नेकपाका दाहाल–नेपाल समूहले निर्वाचन आयोगसँगको परामर्शबिनै सरकारले निर्वाचनको मिति तोकेको भन्दै आपत्ति जनाएको छ । छलफलमा भाग लिदै स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले सरकारले निर्वाचन आयोगसँग परामर्श नगरी मिति तोकेको भन्दै आपत्ति जनाउनु भएको हो । लिखित परामर्शबिना मिति तोकिनु कानुनविपरित भएको उहाँको तर्क थियो ।
निर्वाचन आयोग ऐन २०७३ को दफा ३ को उपदफा १ अनुसार सरकारले मिति तोक्न आयोगसँग परामर्श लिनुपर्ने उल्लेख छ ।
यस्तै अर्का नेता राजेन्द्र पाण्डेले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुने बताउनुु भएको थियो ।
साथै आयोगका कर्मचारी सरुवाको विषयमा समेत आफूले उठाएको नेता पाण्डेले जानकारी दिनुभयो ।