Logo फाल्गुन १६, २०७७ आइतबार


सन् २०२१ झन् कष्टकर हुने डब्ल्युएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने चेतावनी दिएको छ ।

कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै संक्रामक रहेको र छिटो फैलिरहेकाले यसले विश्वमा सन् २०२० भन्दा कठिन अवस्था ल्याउन सक्ने डब्ल्युएचओले चेतावनी दिएको हो । पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

नयाँ प्रकारको संक्रमण देखिएपछि बेलायतमा संक्रमण र मृतक संख्या पनि बढ्दै गएको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको नयाँ ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० मुलुकहरूमा फैलिसकेको बीबीसीले उल्लेख गरेको छ ।

सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने वैज्ञानिकहरूले बताइरहेका छन् । जापानमा पनि चार जनामा नयाँ प्रकारकै भाइरसको संक्रमण भएको जनाइएको छ ।

विज्ञहरूका अनुसार नयाँ प्रकारको भाइरसले अरू प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…