Logo फाल्गुन १२, २०७७ बुधबार


पत्रकार बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष

नवलपुर । पत्रकार राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । आइतवार नवलपुरको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा परिवारका तर्फबाट स्थापना भएको कोषबाट हरेक वर्ष एकजना पत्रकारलाई पुरस्कृत गरिने जानकारी दिइएको छ ।

स्तन क्यान्सरका कारण दिवंगत भएकी राधा आफैँले स्थापना गरेको राधा क्यान्सर सचेतना फाउन्डेसनलाई परिवारले निरन्तरता दिँदै सामाजिक हिंसा तथा क्यान्सर सचेतनामा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने जनाएको छ । यस वर्षको पुरस्कार आगामी फागुन ९ गते बस्यालको जन्म–जयन्तीको अवसरमा वितरण गरिने राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष पत्रकार प्रकाश बस्यालले बताउनुभयो ।

पुरस्कारका लागि फाउन्डेसनले आवेदन माग गरेको छ । आगामी फागुन ४ गतेभित्र यस वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशित, प्रसारित क्यान्सर सचेतना र हिंसा विरुद्धका समाचार, लेख सामग्रीसहित आवेदन दिन सकिने उहाँले बताउनुभयो । पेस गर्नुपर्ने तीन सामग्रीमध्ये एक क्यान्सर सचेतनासम्बन्धी हुनुपर्ने छ । रित पुगेका सामग्री र पुरा परिचयसहित देशैभरका पत्रकार सहभागी हुन पाउनेछन् । फाउन्डेसनले आवेदकमध्येबाट एकजनालाई अक्षयकोषको ब्याज रकमबाट २० हजार नगद र सम्मानपत्रले पुरस्कृत गरिने पनि प्रष्ट पारेको छ ।

१० वर्षदेखि पत्रकारितामा सक्रिय राधाको गत कार्तिक १४ गते निधन भएको थियो । विवाहलगत्तै घरेलु हिंसाको सिकार भएकी बस्यालले क्यान्सर रोग लागेपछि क्यान्सर सचेतना र घरेलु हिंसाविरुद्ध अभियान चलाउनुभएको थियो । उहाँले राधा क्यान्सर सचेतना फाउन्डेसन संस्था स्थापना गरी पत्रकारिता र अभियानलाई सँगसँगै अगाडि बढाउनुभएको थियो ।

पत्रकारिताको माध्यमबाट सामाजिक अभियान र क्यान्सरको सचेतनामा सक्रिय राधाको चाहना बमोजिम नै कोष खडा गरी पुरस्कार दिन लागिएको राधाका बुबा शुभराज बस्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…