एचआइभी एड्सबाट किशोरीको मृत्यु

सप्तरी । राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ ।
आइतबार साँझ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जित झाले जानकारी दिनुभयो ।
लक्षण देखिएकी किशोरीकाे स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।
नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताउनुभयो ।