विद्युत् प्राधिकरणको नयाँ लोडसेडिङ तालिका

जुम्ला। नेपाल विद्युत् प्राधिकरणले नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले समूह ‘क’ अन्तर्गतका टुडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरीगाउ र हस्पिटलमा दिउँसो १२ देखि १२: ३० र ९: ३० देखि १२ बजेसम्म लोडसेडिङ हुने जनाएको छ ।
त्यसैगरी समूह ‘ख’ अन्तर्गत विजयनगर ठुलो, विजयनगर सानो, बोहरागाँउ र बसपार्क लगायतका स्थानमा १२: ३० बजेदेखि ९ : ३० बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार प्रत्येक हप्ता लोडसेडिङकाे समूह भने परिवर्तन हुनेछ । हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने पनि प्राधिकरणकाे सूचनामा उल्लेख छ ।
पिक लाेडको समयमा वितरणको प्रणालीमा पावर अपुग हुन गएमा लाइन काटिनेसमेत प्राधिकरणले जनाएको हाे ।
तालिका