सुन प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुुनको भाउ २ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार घटेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको भाउ स्थिर रहेर १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।