Logo फाल्गुन १८, २०७७ मंगलबार


बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

हुम्ला । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो ।

सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो । जिल्लाका ग्रामीण बस्तीमा पछिल्लो समयमा बालविवाह गर्नेको दर नघटेर उत्तिकै रहेकाले यसको न्यूनीकरण गर्न धामीझाँक्रीको भूमिका महत्वपूर्ण रहने हुँदा एक दिने गरिएको बताइएको छ ।

बालविवाहको अन्त्य, महिला हिंसा न्यूनीकरण तथा कानूनी सहायता सम्बन्धी जानकारी दिने उद्देश्यले तालीम सञ्चालन गरिएको निमित्त अधिकृत रोकायाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी धामीझाँक्रीले बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन् । वडा नं ४, ५, र ६ का २५ पूजारी र धामीझाँक्रीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

२०६२ माघ ९ गते बहुविवाह कसुरमा दैलेख जिल्ला अदालतले दुई वर्षको कैद सजाय सुनाएको थियो ।

पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो…

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।