सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, २ काे मृत्यु

झापा । दमकमा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । ।
पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको हाे ।