Logo फाल्गुन १६, २०७७ आइतबार


पहिला संविधान जोगाउने अनि चुनावमा जाने : वरिष्ठ नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएकाे छ। लाेकतन्त्रकाे चिर हरण भएकाे बेलामा कांग्रेस चुप लागेर बस्न नहुँने बताउँदै वरिष्ठ नेता पाैडेलले संविधान जाेगाएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएकाे हाे ।

सोमवार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेख्नुभएकाे छ, ‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ।’

पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिँदै यसपछि मात्र निर्वाचनमा जानु उपयुक्त हुने मत पेश गर्दै आउनुभएकाे छ। वरिष्ठ नेता पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताउनुभएकाे छ। ‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन, त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ ।’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।

कांग्रेसको संस्थापन पक्ष चुनाव वा प्रतिनिधि सभा दुबै स्विकार्न तयार रहेको बेला पौडेल पक्ष भने पहिले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने पक्षमा देखिनुभएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने घाेषणा गरेपछि सरकारकाे यस्ताे कदम असंवैधानिक भएकाे  भन्दै काग्रेसले विराेध गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…