‘कांग्रेसले ढुलमुले नीति छोडोस्, दाहाल-नेपालले कित्ता क्लियर गरुन्’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कित्ता क्लियर गर्न आग्रह गर्नुभएको छ । कांग्रेसका पूर्व सभापति भीमसेनदास प्रधानले आयोजना गर्नुभएको अन्तर्क्रियामा बोल्दै भट्टराईले कांग्रेसले ढुलमुले नीति छोड्न र दाहाल–नेपाल समूहले कित्ता क्लियर गर्नुपर्ने बताउनुभएकाे हाे ।
उहाँले जसपा आन्दोलनमै रहेको भन्दै कांग्रेस र दाहाल–नेपाल समूहलाई संयुक्त आन्दोलनका लागि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले ढुलमुले नीति छाेडोस् र प्रचण्ड–नेपाल समूहले पनि कित्ता क्लियर गरुन् । जसपा आन्दोलनमै छ । संयुक्त आन्दोलन गरौं ।’
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित प्रतिनिधि सभा विघटन गर्दा पनि दाहाल–नेपाल समूहले कारबाही नगर्नु शंकास्पद भएको बताउनुभएको छ ।
उहाँले दाहाल–नेपाल समूहलाई प्रश्न गर्नुभयो, ‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न ? तपाईंहरूले कित्ता क्लियर गर्नुस् । तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन ?’
कांग्रेसलाई आन्दोलनमा आउन आग्रह गर्दै भट्टराईले भन्नुभयो, ‘यो चुनाव हुनेवाला छैन । पहिले संविधान ट्र्याकमा ल्याउनुपर्यो । त्यसपछि लाभ लिने त कांग्रेसले नै हो ।