कलंकीस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगोलागी

काठमाडौं । कलंकीको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।
सोमबार दिउँसो भएको आगलागी नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेका छन् ।
अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी छ ।