बढी वजन भएकाहरुको सौन्दर्य प्रतियोगिता

काठमाडौं । मोडल सङ्स नेपालले ‘सुपर प्लस साइज मोडल २०२१’ आयोजना गरेको छ । काठमाडौंको बागबजारस्थित बर्गर हाउसमा शनिबार २६ जना सहभागीको साथमा मोडल सङ्स नेपालले पहिलो अडिसन गराएको हो ।
‘सुपर प्लस साइज मोडल २०२१’ भन्ने नाराका साथ आयोजना गरिएको सौन्दर्य प्रतियोगिताको दोस्रो अडिसन माघ १० गते हुने बताइएको छ । प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका ५५ किलो भन्दा बढी तौल भएका विवाहित तथा अविवाहित युवती र महिलाहरुले भाग लिन सक्ने छन् ।
प्रतियोगितामा टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दिपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतोले निर्णायकको भूमिका निभाएका छन् ।