थप ३२२ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप तीन सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गरिएकोमा तीन सय २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या दुई लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर तीन हजार आठ सय ६१ जना सक्रिय संक्रमित छन्।
आज कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीन सय ७४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर हाल एक सय ९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। एक सय ६१ जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।