Logo फाल्गुन १८, २०७७ मंगलबार


जनता समाचारमा साेमवार प्रकाशित समाचार सार

जनतासमाचार डट्कममा आज (साेमवार) प्रकाशित समाचारका मुख्य अंशहरू :

१.संसदमा बहुमत प्राप्त दल र त्यसको नेताको रुपमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको हो । उहाँले सञ्चालन गर्नुभएको सरकारमा पार्टीभित्रबाट मात्र होइन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबाट समेत कुनै अवरोधको महसुस कतै भएको देखिएको थिएन । तर हठात रुपमा किन भयो त प्रतिनिधि सभा विघटन ? याे प्रश्नकाे जवाफ नेकपाका मात्र हाेइन सबै राजनीतिक दलका कार्यकर्ता तथा सचेत वर्गले मागिरहेका छन् ।

२.सर्वोच्च अदालतको सवैधानिक इजलाशले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस छोट्याउन आग्रह गरेको छ । संसद विघटनविरुद्धको रिटमा एउटै अधिवक्ताले दिनभरको समय लिन थालेपछि न्यायाधीश अनिलकुमार सिन्हाले समय व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो । एउटै अधिवक्ताले ४ घण्टा भन्दाबढी समय लिन थालेपछि न्यायधिश सिन्हाले अन्य वकिलहरुलाई समेत लक्षित गर्दै समयको ख्याल गर्न सचेत गराउनु भएको हो । सोमवारको इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि संसद विघटन गरिएकामा आपत्ति जनाउनुभयो ।

३.नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताउनुभएको छ । काठमाडौँमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा अधिकारको दूरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताउनुभएको हो ।

४.अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी निश्चलले सोमबार सर्बोच्च अदालतमा रिट दायर गरेका हुन् ।

५.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीमा कारवाही प्रक्रिया अघि बढाएको छ। पार्टी विधानविपरित काम गरेको निष्कर्षसहित नेकपाले सोमबार अपरान्ह ओलीलाई स्पष्टिकरण पत्र लेखेको छ । उक्त पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझाइएको नेकपाले जनाएको छ ।

६.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट्रिय स्वाधीनता र गणतन्त्रमाथि धावा बोल्ने काम भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै नेता भुसालले प्रधानमन्त्री ओलीले विदेशीको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेर राष्ट्रिय स्वाधीनता र गणतन्त्रमाथि धावा बोलेको आरोप लगाउनुभएको हो ।

 ७.नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जबजको आधार र सिद्धान्तलाई त्यागेको बताउनुभएको छ । अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले नेकपामा जबजको आधार र सिद्धान्तलाई सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले त्यागेको दाबी गर्नुभएको हो ।

 ८.इलाममा करोडौँका पुल अलपत्र अवस्थामा रहेका छन् । २०६८ सालमा ठेक्का लागेका पक्की पुल नौ वर्ष बितिसक्दा पनि सम्पन्न नभई अलपत्र बनेका हुन् । अलपत्र रहेका पुलका ठेकेदार यतिबेला डिभिजन सडक कार्यालयको सम्पर्कविहीन रहेको पाईएको छ ।

९. राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा बागमतीले सुदूरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित निकालेको हो ।

१०. शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त हनुभएकाे छ । शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो । नव नियुक्त महानिर्देशक प्याकुरेलले साेमवारबाट शहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गर्नुभएकाे छ । मन्त्रालयअन्तर्गतकाे विभिन्न निकायमध्ये विभाग सबैभन्दा बढी जिम्मेवारी भएको र धेरै बजेट खर्च गर्ने निकाय भएकाले त्यहाँको महानिर्देशक पदलाई निकै आकर्षक पदका रुपमा हेर्ने गरिन्छ ।

११.शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त हनुभएकाे छ । शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो । नव नियुक्त महानिर्देशक प्याकुरेलले साेमवारबाट शहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गर्नुभएकाे छ । मन्त्रालयअन्तर्गतकाे विभिन्न निकायमध्ये विभाग सबैभन्दा बढी जिम्मेवारी भएको र धेरै बजेट खर्च गर्ने निकाय भएकाले त्यहाँको महानिर्देशक पदलाई निकै आकर्षक पदका रुपमा हेर्ने गरिन्छ ।

१२.सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको आजको बहसमा प्रधानन्यायाधीश र अधिवक्ताबीच सवालजवाफ भएको छ । बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र अधिवक्ता दिनमणि पोखरेलबीच सवालजवाफ भएको हो । बहसमा सहभागी हुँदै अधिवक्ता पोखरेलले हठात् गरिएको प्रतिनिधि सभा विघटनले को कसमाथि उत्तरदायी रहने भन्ने गम्भीर प्रश्न उब्जिएको बताउनुभयो । प्रधानमन्त्री बनाउन प्रक्रियामा जानुपर्नेमा प्रक्रियामै नगई विघटन गर्न नमिल्ने उहाँको जिकिर थियो ।

 १३.नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको छ । कोरोना भाइरसको नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही दिन अघि नेपाल आएका तीन जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय दुई पुरुष गरी तीन जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

 १४.नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको छ । कोरोना भाइरसको नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही दिन अघि नेपाल आएका तीन जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय दुई पुरुष गरी तीन जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

१५.पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कित्ता क्लियर गर्न आग्रह गर्नुभएको छ । कांग्रेसका पूर्व सभापति भीमसेनदास प्रधानले आयोजना गर्नुभएको अन्तर्क्रियामा बोल्दै भट्टराईले कांग्रेसले ढुलमुले नीति छोड्न र दाहाल–नेपाल समूहले कित्ता क्लियर गर्नुपर्ने बताउनुभएकाे हाे ।

१६. नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएकाे छ। लाेकतन्त्रकाे चिर हरण भएकाे बेलामा कांग्रेस चुप लागेर बस्न नहुँने बताउँदै वरिष्ठ नेता पाैडेलले संविधान जाेगाएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएकाे हाे ।

१७. ‘जनकपुर–जयनगर रेल्वे’ माघको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताउनुभएको हो ।

१८.सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो । जिल्लाका ग्रामीण बस्तीमा पछिल्लो समयमा बालविवाह गर्नेको दर नघटेर उत्तिकै रहेकाले यसको न्यूनीकरण गर्न धामीझाँक्रीको भूमिका महत्वपूर्ण रहने हुँदा एक दिने गरिएको बताइएको छ ।

१९.संसद् विघटन गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ‘संसदीय दलबाट असहयोग भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको’ जवाफमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस शुरु भएको छ । बहसमा संलग्न अधिवक्ताहरूले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नै नदिएको दाबी गरेका छन् । प्रतिनिधिसभा पुन:स्थापनाको मागसहित परेका १३ रिटमाथि संवैधानिक इजलासमा आइतबारबाट सुरु भएको सुनुवाइका क्रममा अधिवक्ताहरुले यस्तो धारणा राखेका हुन ।

२०.संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको समूहले उपत्यकाकेन्द्रित आन्दोलनमा जोड दिने भएको छ । संसद् पुन:स्थापनाका लागि व्यापक जनदबाब सिर्जना गर्न आन्दोलन चर्काउनुपर्ने निष्कर्ष नेकपाले निकालेको छ । नेकपाले ९ माघमा काठमाडौंमा बृहत् जनप्रदर्शन र सभा आयोजना गर्ने कार्यक्रम तय गरिसकेको छ । संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसका विरुद्ध राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रने घोषणा गरेको प्रचण्ड–नेपाल समूहले दबाब सिर्जनाका लागि उपत्यकाकेन्द्रित संघर्षमा जोड दिएको हो ।

 २१.विश्वभरमा ६ करोड ८१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा ६ करोड ८१ लाख ४८ हजार ९४१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ९ करोड ५४ लाख ५४ हजार ५१५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ३८ हजार ९१९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ५२ लाख ६६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।