दश वर्षमुनिका १ सय ३४ बालिका बलात्कृत

काठमाडौं । आर्थिक वर्ष २०७७ / ०७८ को साउनदेखि मंसीरबीचको पाँच महिनामा १० वर्षमुनिका एक सय ३४ बालिका र एक बालक बलात्कृत भएका छन् ।
नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्ष मुनिका एक जना बालिका बलात्कारको सिकार हुने गरेका छन् ।
यही पाँच महिनाको अवधिमा ११ देखि १६ वर्षका चार सय २८ बालिकाहरु बलात्कारको सिकार भएको कान्तिपुर दैनिकमा प्रकाशित छ ।