हिटर बालेर सुतेका वृद्धको जलेर मृत्यु

काठमाडौं । कलंकीमा हिटर बालेर सुतेका एक वृद्धको मृत्यु भएको छ । कलंकी-१४, खड्का गाउँका ८६ वर्षीय शिवराम खड्काकाे आज बिहान मृत्यु भएको हो ।
बिहान ५ बजे उनी मृत अवस्थामा फेला परेकाे स्थानीयले बताएका छन् । घरमा लाइन काटिएपछि हिटरकाे गन्ध पनि आएकाले शंका लागेर बाेलाउँदा ढाेका नखाेलेपछि खड्काका छाेरा श्यामसुन्दर खड्काले ढाेका फुटाएका थिए । ढाेका फुटाएर हेर्दा खड्का खाट तल लडेकाे र जलेकाे अवस्थामा भेटिएका हुन् ।
उनकाे ढाड र पेट जलेकाे प्रहरीले जनाएकाे छ ।