Logo फाल्गुन १६, २०७७ आइतबार


प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि संवैधानिक इजलासमा बहस जारी

काठमाडौ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस जारी छ ।

संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर बहस हुँदै आएको छ ।

आजको पहिलो बहस रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले गर्नुभएको छ ।

यसअघि सोमबार अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले उक्त मुद्दामाथि बहस गर्नुभएको थियो । दुवै अधिवक्ताले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताउनुभएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…