रुकुम पश्चिममा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, १७ राउण्ड हवाइ फायर

काठमाडौं । रुकुम पश्चिममा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका ९ राडी बजारमा मंगलवार बिहानैबाट नेकपा दाहाल–नेपाल समूह र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस र १७ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
झडपमा प्रदर्शनकारीले हानेको ढुंगाले लागेर तीन प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक मक्कर राना, प्रहरी जवान महली चौधरी र बलबहादुर बिक रहेको जिप्रका रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै वडा नम्बर ९ का वडाअध्यक्ष तारक शाही पनि घाइते भएको प्रहरीले जनाएको छ ।