Logo फाल्गुन १८, २०७७ मंगलबार


यो सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहनिकट प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

भेलालाई सम्बोधन गर्दै पौडेलले पार्टीभित्रको अन्तरविरोधले विग्रहको रुप लिएको बताउँदै प्रधानमन्त्रीमाथि लगाइएको आरोप पत्रका कारण विभाजनको रुप लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी कानुनी रुपमा पार्टी फुटेको छैन तर फुट निश्चित देखिएको छ ।’

सरकार नयाँ निर्वाचनको तयारीमा लागि सकेकाले निर्वाचन हुने निश्चित भएको तर सर्वोच्च अदालतले गर्ने निर्णयलाई सरकारले सम्मान गर्ने पौडेलको भनाइ छ ।

‘यो संसदले काम गर्न सकेन, त्यसैले प्रतिनिधि सभा विघटन गरिएको हो’, उहाँले भन्नुभयो, ‘अब हुने निर्वाचनबाट केपी ओली नेतृत्वको नेकपाले ठूलो दलको हैसियत राख्छ, ठूलो दल बन्छ ।’

सबै नेपालीमा कोरोनविरुद्धको खोप निशुल्क वितरण गर्ने मन्त्री पौडेलको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।